सोमबार, वैशाख २८, २०८३

दैनिक कोरोना संक्रमणमा नयाँ रेकर्ड, डब्लुएचओ चिन्तित

आइतबार एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

आइतबार एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

National life

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार नयाँ संक्रमित थपिएका छन्। यीमध्ये ६० प्रतिशतभन्दा बढी उत्तर तथा दक्षिण अमेरिकामा छन्।

थुप्रै देशले लकडाउन खोलिरहेका बेला संक्रमितको संख्या बढेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ।

उता, दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। त्यहाँ कोरोना संक्रमितको संख्या ११ लाखभन्दा बढी पुगिसकेको छ।

कोरोनाबाट प्रभावित दोस्रो देशमा पर्छ ब्राजिल। सबैभन्दा बढी प्रभावित अमेरिका छ, जहाँ २२ लाख ८० हजार संक्रमित भइसकेका छन् भने १ लाख २० हजार जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित शीर्ष ५ देशमा अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत छन्।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म ८९ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। यीमध्ये ४ लाख ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: Jun 22, 2020| 08:38 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।