मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशमा फेरि १९ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

पोखरा- गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन्।

थप भएका संक्रमितमा स्याङ्जाका १० जना छन् भने बागलुङका ५ जना छन्।

त्यस्तै कास्कीका २ तथा नवलपरासी पूर्व र तनहुँका १–१ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइतबार थपिएकामा स्याङ्जामा २ महिला र ८ पुरुष छन् भने अन्य ठाउँमा पुरुष मात्र छन्।

उनीहरु सबै भारतबाट फर्किएको र सम्बधित जिल्लाका क्वारेन्टिनमा बसिरहेका व्यक्ति भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशमा आज बिहान मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२३ पुगेको छ।

प्रकाशित: Jun 21, 2020| 14:00 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।