मंगलबार, भदौ ९, २०८३

उपरथी हमाल रथीमा बढुवा

सरकारले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई रथीमा बढुवा गरेको छ। हमाललाई शुक्रवार बसेको मन्त्रिपरिषदको वैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

सरकारले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई रथीमा बढुवा गरेको छ। हमाललाई शुक्रवार बसेको मन्त्रिपरिषदको वैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो।

उनलाई बलाध्यक्षरथीको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषदको बैठकले हाल बलाध्यक्षरथी रहेका प्रभुराम शर्मालाई बलाधिकृतरथीमा सरुवा गरेको छ।

सेनामा दुई रथीमध्ये बलाधिकृतरथी शक्तिशाली मानिन्छ। शर्मा थापापछिको प्रधानसेनापति बन्ने लाईनमा छन्।

हमाल हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएर पनि नेपालमै छन्। लकडाउनका कारण उक्त जिम्मेवारी सम्हाल्न पाएका छैनन्।

उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन्।

रथीमा बढुवा भएका हमाललाई सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयमा दज्र्यानी चिन्ह लगाउने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ।

 

प्रकाशित: Jun 21, 2020| 11:26 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।