मंगलबार, भदौ ९, २०८३

गण्डकीमा कोरोना संक्रमितकाे संख्या ५०४ पुग्याे

गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

पोखरा- गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये बाग्लुङको गल्कोट नगरपालिकाका ४ पुरुष, ढोरपाटन नगरपालिकाका एक पुरुष, काठेखोला गाउँपालिकाका ३ पुरुष र बाग्लुङ नगरपालिकाका एक पुरुष छन्।

यस्तै म्याग्दीका ४ जनामा रघुगंगा गाउँपालिकाका दुई महिला र एक पुरुष, मंगला गाउँपालिकाका एक पुरुष छन्। तनहुँको ऋषि गाउँपालिकाका एक पुरुष र पर्वतको कुश्मा नगरपालिकाका २ पुरुष संक्रमित भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।

उनका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संक्रमितको ५०४ जना पुगेको छ।

प्रकाशित: Jun 21, 2020| 08:30 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।