मंगलबार, भदौ ९, २०८३

मोरङमा आपराधिक घटनामा कमी

विराटनगर– मोरङमा गत वर्षको तुलनामा आपराधिक घटनामा कमी आएको छ । २०७६–०७७ को अहिलेसम्म गत वर्षको तुलनामा आपराधिक घटनामा १६ प्रतिशले कमी प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

विराटनगर– मोरङमा गत वर्षको तुलनामा आपराधिक घटनामा कमी आएको छ । २०७६–०७७ को अहिलेसम्म गत वर्षको तुलनामा आपराधिक घटनामा १६ प्रतिशले कमी प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

गत आर्थिक वर्षमा १ हजार ६९४ वटा मुद्दा दर्ता गरेको मोरङ प्रहरीले चालू आर्थिक वर्षको हालसम्म १ हजार ४ सय १७ वटा मुद्दा दर्ता गरेको छ । चालू आर्थिक वर्षमा मोरङमा अभद्र व्यवहारमा ४ सय ४० मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षको हालसम्म छ सय ५५ वटा मुद्दा दर्ता भएका थिए ।

चालू वर्ष बलात्कारका ९७ र बलात्कार प्रयासका ४४ घटना भएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा बलात्कारका ९७ वटा र बलात्कार प्रयासका ५४ वटा घटना भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा एक सय ८९ जनाले आत्महत्या गरेकोमा यस वर्ष यो संख्या बढेर दुई सय १३ पुगेको छ । लागुऔषध सम्बन्धी एक सय ६५ मुद्दा अघिल्लो वर्ष चलाएको प्रहरीले यस वर्ष एक सय ७३ मुद्दा चलाएको छ । अघिकारीका अनुसार अघिल्लो वर्ष १६ वटा हत्याका घटना भएकोमा यस वर्ष १७ वटा भएका छन् ।

यस वर्षको हालसम्म विभिन्न आपराधिक घटनामा संलग्न १ हजार २ सय ५९ पुरुष र ९१ जना महिलालाई पक्राउ गरेर मुद्दा चलाइएको जानकारी अधिकारीले दिए । उनले प्रहरी सक्रियता, विभिन्न अभियान, नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि गरिएका सचेतनामुलक एवं नागरिक मैत्री कार्यक्रमका कारण अपराधिक घटनामा कमि आएको जानकारी दिए ।

अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइए पनि फरार रहेका प्रतिवादी पक्राउमा एक वर्षको अवधिमा मोरङ प्रहरीले ठूलो सफलता हात पारेको बताएको छ ।

एसपी अधिकारीले चालू आर्थिक वर्षको हालसम्म मुलुकका अन्य जिल्लामा भन्दा मोरङमा धेरै प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको बताए । मुलुकभर हालसम्म दुई सय २३ प्रतिवादी पक्राउ परेका छन् ।

मोरङमा मात्रै चार सय ४९ जना पक्राउ परेको उनको भनाइ छ । अधिकारीका अनुसार ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा मोरङको पक्राउ संख्या २२.१९५ प्रतिशत हो । फरार प्रतिवादीलाई पक्राउ गरेर एक सय १२ वर्ष दुई महिना १६ दिन कैद र ४१ लाख ७८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गरिएको अधिकारीले बताए ।

 

 

प्रकाशित: Jun 21, 2020| 07:48 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।