मंगलबार, भदौ ९, २०८३

दैनिक पिसिआर परीक्षणको संख्या बढ्यो

सरकारले पिसिआर परीक्षणको दैनिक संख्या बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या विस्तारै बढ्दै गएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

सरकारले पिसिआर परीक्षणको दैनिक संख्या बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या विस्तारै बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा सात हजार ४ सय १६ वटा नमूना परीक्षण गरिएको कोभिड–१९ को जानकारी दिन शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

यो अहिलेसम्मकै उच्च हो। शुक्रबार ६ हजार २३१ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पिसिआर विधिबाट परीक्षण गर्ने लक्ष्य लिएको छ।

हालसम्म पिसिआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४२६ सहित हालसम्म दुई लाख ५२ हजार ३०० जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए।

मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका छन्।

आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार पाँच छ। पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष गरी कूल १७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४१ महिला र एक हजार ४३७ पुरुष गरी कूल एक हजार ५७८ पुगेको छ। कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jun 21, 2020| 07:30 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।