मंगलबार, भदौ ९, २०८३

रुकुम (पश्चिम) लाई पनि छोयो कोरोनाले

रुकुम (पश्चिम) मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

रुकुम (पश्चिम) मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण देखिएको हो ।

मुसीकोटबाट गत जेठ २४ गते २४४ जनाको स्वाब पठाइएकामा २० जनाको रिपोर्ट आएको र तिनमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम (पश्चिम) का कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।
उनी भारतको महाराष्ट्र राज्यबाट आएका हुन् । गत जेठ दोस्रो साता जिल्ला आएका उनलाई वडा नं १३ को चौतारामा अवस्थित महेन्द्र माविमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेको एक सातापछि स्वाब संकलनपछि उनलाई क्वारेन्टिनमा बसेको १९ दिनपछि घर पठाइएको थियो ।

गत जेठ ३० गते घर गएका उनी परिवारका अन्य सदस्यसँग नभेटी छुट्टै होम क्वारेन्टाइनमा बसेको मुसीकोट –१२ का वडाध्यक्ष प्रेम ओलीले बताउनुभयो । घर पठाइएको एक सातापछि र स्वाब संकलन गरिएको १४ दिनपछि रिपोर्ट आएको हो । कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ ।

उनमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काको भनाइ छ । लक्षण नदेखिएकाले उनलाई वडा नं १ स्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसको आइसोलेशनमा राखिएको छ । यसैबीच उनका परिवारका सदस्यको समेत स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए।

यसअघि जिल्लाका एक व्यक्तिमा बाँकेमा उपचारका क्रममा कोरोना पुष्टि भए पनि जिल्लाबाट संकलन गरेर पठाइएका कुनै पनि स्वाबको रिपोर्ट पोजेटिभ आएको थिएन ।

प्रकाशित: Jun 21, 2020| 06:58 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।