मंगलबार, भदौ ९, २०८३

लकडाउनपछि एकैदिन सबैभन्दा धेरै उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो ।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । शनिबारमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौँ ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौँ ल्याएको छ । कोरियन एयरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौँ ल्याएको छ । सोही एयरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।

त्यस्तै जजिरा एयरले कुवेतबाट १५० नेपाली ल्याएको छ । एयरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ । कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ ।

आन्तरिकतर्फ आज श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ ।

 

प्रकाशित: Jun 21, 2020| 06:53 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।