मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीयको सहयोगमा खरिद गरिएको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण

स्थानीयको सहयोगमा खरिद गरिएको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण

वीरगन्ज महानगरपालिकाले बोलपत्र आह्वान गरेर खरिद गरेको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

वीरगन्ज महानगरपालिकाले बोलपत्र आह्वान गरेर खरिद गरेको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

वीरगन्जको राणीसती अतिथि सदनमा वीरगन्ज महानगरपालिकाले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायलाई मेसिन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउत गद्दीले स्थानीय पालिकाहरुलाई संघीय सरकारले कोरोना महामारीका लागि एक पैसाको समेत सहयोग नगरेको आरोप लगाए।

महामारीमा तीनै तहको समन्वय एकदमै जरुरी भएकोमा संघ सरकार चुकेको उनको भनाइ थियो । ‘देशको सबैभन्दा बढी युवा प्रदेश २ मा, जनसंख्या बढी यहाँ तर स्वास्थ्यमा यहाँ नै विभेद गरिएको छ,’ उनले भने।

वीरगन्ज उद्योग वाणिज्य संघ तथा उद्योगी व्यवसायीहरुको सहयोगमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको अग्रसरतामा खरिद गरिएको मेसिन नारायणी अस्पतालले थप चेकजाँच तथा उपचारका लागि प्रयोगमा ल्याउनेछ।

 

प्रकाशित: Jun 21, 2020| 06:24 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।