मंगलबार, भदौ ९, २०८३

आज सूर्य ग्रहण

आज (आइतबार) बिहान सूर्यग्रहण लाग्दैछ। आज लाग्ने ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिनेछ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

आज (आइतबार) बिहान सूर्यग्रहण लाग्दैछ। आज लाग्ने ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिनेछ।

नेपालमा बिहान १०ः५५ देखि सुरु हुने ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुनेछ। मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।

ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुने जानकारहरु बताउँछन्। सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। यसो गर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश पर्ने र रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्।

सूर्यग्रहण हेर्न चाहनेलाई लक्षित गरी आज एष्ट्रोनोमिकल क्लबले काठमाडौंको सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको बताएको छ।

यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।

प्रकाशित: Jun 21, 2020| 06:13 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।