मंगलबार, भदौ ९, २०८३

राष्ट्रिय कविता महोत्सव स्थगित

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगित गरेको छ ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगित गरेको छ ।

‘कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारणले आषाढ ९ गते आयोजना गरिने विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सव हाललाई स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रज्ञाको सूचनामा उल्लेख गरिएको छ ।

जारी सूचनामा ‘कविता महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता कम्प्युटर टाइप गरी २०७७ जेठ २५ गतेसम्म प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनुहुन समस्त नेपाली कविहरूमा अनुरोध गरिएकोमा सूचनाबमोजिम प्राप्त कविताहरूलाई एकत्रित गरेर गोप्य लाहाछापसहित खामबन्दी गरी सुरक्षित राखिएको छ’ उल्लेख छ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले ‘कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्व जानकारी सार्वजनिक सूचनामार्फत् गराइने’ बताए।

उपाध्यायले महोत्सवमा प्रतियोगिताका लागि बुझाइएका कविताहरू कार्यक्रम सम्पन्न नहुन्जेलसम्म विद्युतीय वा छापालगायत कुनै पनि माध्यमबाट प्रसारण, प्रकाशन वा सार्वजनिक नगर्न/नगराउन सम्बद्ध कविहरूलाई सूचित गरिएको बताए ।

उनले कार्यक्रम सम्पन्न गर्नुभन्दा अगाडि यीमध्ये कुनै कविता प्रकाशन, प्रसारण वा कुनै पनि माध्यमबाट सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने र कार्यक्रम पूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट समेत हटाइने बताए ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (पद्य–काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले महोत्सवका लागि ५ सय दुई कविता प्राप्त भएको जानकारी दिए।

प्रकाशित: Jun 20, 2020| 15:11 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।