मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोर्खा भर्ती सधैंका लागि बन्द गर्न विप्लव समूहको माग

गोर्खा भर्ती सधैंका लागि बन्द गर्न विप्लव समूहको माग

 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतसँग आग्रह गरेको छ।

शनिबार विप्लवले विज्ञप्ति प्रकाशित गर्दै भारतले सीमामा गोर्खा रेजिमेन्टलाई पठाउने तयारी गरिरहेको भन्दै यस्तो नगर्न आग्रह गरेको हो।

“भारतलाई गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न आग्रह गर्दछ, त्यसैगरी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ,” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गलवान उपत्यकामा चीन र भारतबीचको सीमा विवादका कारण भएको भिडन्तमा भारतीय सेना मारिएपछि भारतले गोखा रेजिमेन्टलाई सीमामा पठाउने तयारीका साथ त्यहाँ कार्यरत नेपाली युवाहरूलाई बिदा कटाएर फिर्ता बोलाएको बताएको छ।

“दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाको पक्षमा र अर्कोका विरुद्धमा युद्ध लड्नुपर्ने कुरा उचित एवं स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ, “यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तको विरुद्ध पनि छ। दुई समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।”

गोर्खा भर्तीलाई सधंैका लागि खारेज गर्न समेत विप्लप समूहले माग गरेको छ।

प्रकाशित: Jun 20, 2020| 14:39 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।