सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयकाे निर्णय : नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता

नेकपा सचिवालयकाे निर्णय : नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता

सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। नेकपा सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले यस्तो नागरिकता लिन सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय पनि गरेको छ। 

प्रवक्ता श्रेष्ठले संसदमा विचाराधीन नागरिकता विधेयकका प्रावधानबारे छलफल भएकाे बताए। उनले भने, 'नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रवधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ।'

उनका अनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्ने र आफ्नो विदेशमा रहेको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गर्नुपर्ने निर्णय भएकाे छ। 

नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई ७ वर्षसम्म भने सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी आवासीय परिचयपत्र प्रदान गर्न सक्ने निर्णय सचिवालयले गरेको छ।

लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेका स्थितिमा नेकपाले आफ्नो धारणा स्पष्ट गरेको हो।

समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादीले भने अंगीकृत नागरिकता दिन त्यति लामो अवधि राख्न नहुने बताउँदै आएका छन्।

प्रकाशित: Jun 20, 2020| 12:20 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।