भारतमा पछिल्लो २४ घन्टामा साढे १४ हजारभन्दा बढीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, त्यहाँ एक दिनमा १४ हजार पाँच सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमित संख्याका आधारमा यो अहिलेसम्मकै सर्वाधिक हो।
यससँगै त्यहाँ कूल कोरोना संक्रमितको संख्या तीन लाख ९५ हजार ४८ जना पुगेको छ। तीमध्ये सक्रिय संक्रमित एक लाख ६८ हजार दुई सय ६९ छन्। यस्तै, उपचारपछि निको हुनेको संख्या दुई लाख १३ हजार आठ सय ३१ छ।
यस्तै, त्यहाँ पछिल्लो २४ घन्टामा ज्यान गुमाउने कोरोना संक्रमित तीन सय ७५ जना छन्। यससँगै त्यहाँ ज्यान गुमाउने संक्रमितको संख्या १२ हजार ९ सय ४८ पुगेको छ।
बीबीसी