सोमबार, भदौ ८, २०८३

पाल्पा जिप दुर्घटना : उपचारका क्रममा एकको मृत्यु

पाल्पाको सिद्धबाबामा भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

बुटवल- पाल्पाको सिद्धबाबामा भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्साका नन्दलाल बस्यालको उपचारकै क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा ज्यान गएको आफन्त तोया लम्सालले जानकारी दिए।

दुर्घटनामा परी घाइते नन्दलालसँगै दया पाण्डेय, विनोद बस्याल, बालकृष्ण बस्याल र शिव पाण्डेयको बुटवलस्थित प्रादेशिक अस्पताल लगिएकोमा थप उपचारका लागि सोही दिन काठमाडौं पठाइएको थियो।

अन्य घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

पाल्पाबाट बुटबल फर्कने क्रममा गत मंगलबार प्रदेश ३० ०१ च ४५२२ नम्बरको इसुजु जिप सिद्धबाबाको भीरबाट तिनाउ नदीमा खसेको थियो। जिपमा सवार सबै तिनाउको मरेकमा तिनाउ टिपर व्यवसायीको बैठकमा सहभागी भएर बुटवल फर्किँदै थिए।

प्रकाशित: Jun 20, 2020| 08:50 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।