सोमबार, भदौ ८, २०८३

गण्डकीमा थप ५८ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ५८ जनालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप ५८ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमितमध्ये सबैभन्दा बढी तनहुँका छन्। त्यहाँ २५ जनालाई कोरोना संक्रमण देखिएको छ।

यस्तै, नवलपुरका १६, बाग्लुङका आठ, गोरखाका पाँच, कास्कीका दुई र स्याङ्जाका एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। थपिएका संक्रमितमध्ये दुई मात्रै महिला रहेको विज्ञप्तिमा उल्लेख छ। 

यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या चार सय ३८ पुगेको छ।

थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी को स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jun 20, 2020| 08:09 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।