मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारी र अध्ययन खुला गर्ने सरकारको निर्णय, कोरोना परीक्षण अनिवार्य

वैदेशिक रोजगारी र अध्ययन खुला गर्ने सरकारको निर्णय, कोरोना परीक्षण अनिवार्य

सरकारले रोजगारी र अध्ययनका लागि विदेश जान अनुमति दिने निर्णय गरेको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

सरकारले रोजगारी र अध्ययनका लागि विदेश जान अनुमति दिने निर्णय गरेको छ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले विभिन्न श्रम र अध्ययन गन्तव्य जान चाहने नागरिकहरूलाई कोभिड–१९ परीक्षण तथा जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर आवतजावत खुला गर्ने निर्णय गरेको हो।

“वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका र नयाँ रोजगारीको लागि विदेश जाने श्रमिकहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अध्ययनका लागि विदेश जानेको हकमा विद्यार्थीहरूको हकमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सिफारिसमा कोभिड–१९ को रिपोर्ट चाहिने भएमा सोको जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले बेहोर्ने गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्ने गरी आवतजावत अनुमति दिने निर्णय भएको छ,” बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कूटनीतिक नियोगमा कार्यरत नेपाली र विदेशीको आवतजावत पनि खुला गर्ने निर्णय बैठकले गरेको छ । उनीहरूले पनि आफ्नै खर्चमा कोभिड–१९ को परीक्षण गरी आवतजावत अनुमति लिन सक्नेछन् ।

“विदेशस्थित नेपाली कूटनीतिक नियोगमा कार्यकाल समाप्त गरी स्वदेश फर्कने तथा नयाँ जिम्मेवारी सम्हाल्न जाने नियोग प्रमुखलगायत अन्य कर्मचारी र परिवारका निकट सदस्यहरू एवम् नेपालमा सञ्चालित आयोजनामा खटिएका विदेशी नागरिकलाई परराष्ट्र मन्त्रालयको सिफारिसमा कोभिड–१९ को रिपोटी चाहिने भएमा सो जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्ने गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्ने गरी आवतजावत अनुमति दिने निर्णय भएको छ,” सीसीएमसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: Jun 20, 2020| 06:35 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।