सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिन सुधारका लागि ३५ करोड निकासा, दुई साताभित्रै परीक्षण सक्न निर्देशन

क्वारेन्टिन सुधारका लागि ३५ करोड निकासा, दुई साताभित्रै परीक्षण सक्न निर्देशन

सरकारले नयाँ क्वारेन्टिनलाई व्यवस्थित बनाउन कोभिड केन्द्रीय कोषबाट प्रदेश सरकारमार्फत स्थानीय तहलाई ३५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- सरकारले नयाँ क्वारेन्टिनलाई व्यवस्थित बनाउन कोभिड केन्द्रीय कोषबाट प्रदेश सरकारमार्फत स्थानीय तहलाई ३५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन  (सीसीएमसी) को शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै क्वारेन्टिनमा बसेका सबैको स्वास्थ्य परीक्षण दुई साताभित्र गर्न बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

त्यसको अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। बैठकले थप आइसोलेसनको व्यवस्था गर्न प्रदेश सरकारलाई निर्देशन दिएकाे छ।

बैठकले संक्रमण बढ्दै गएमा सिंगै जिल्ला वा सम्बन्धित पालिका सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिएको छ। त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने निर्णय बैठकले गरेकाे छ।

केन्द्रमा रहेका क्वारिन्टन र होल्डिङ सेन्टरमा खानपिनलगायतकाे जिम्मेवारी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई दिइएको छ।

बैठकले सम्बन्धित देश र वैदेशिक रोजगारदाता कम्पनीले नेपाल फर्काउन सहयोग नगरी आफूसँग पैसा नभएर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन श्रम मन्त्रालयलाई तत्काल निर्देशिका बनाउन निर्देशन दिएको मन्त्री ज्ञवालीले जानकारी दिए।

विदेशबाट ल्याइएका शवहरुको व्यवस्थापन गर्न पनि श्रम मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

यस्तै बैठकले संक्रमणको दर उच्च हुँदै गएकाले स्वास्थ्य सामग्री छिटो व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकाे छ।

कोरोनाका कारण स्वास्थ्य जोखिममा रहेका महिला, बालबालिका, वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्तिहरुको तत्काल स्वास्थ्य उपचारको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।

बैठकले विदेशस्थित नेपाली दूतावासमा काम गरेर फर्कन लागेका र त्यहाँ काम गर्न जान लागेका कर्मचारी र उनीहरुका परिवारलाई जान छुट दिइने व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीमा रहेर बिदामा आई फेरि फर्कन चाहने श्रमिकका लागि श्रम मन्त्रालयले र विद्यार्थीका हकमा शिक्षा मन्त्रालयले सिफारिस गरेर उनीहरुलाई पठाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए।

बैठकले संक्रमण तीव्र रुपले बढिरहेको भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई आग्रह गरेको छ। यस्तै निस्कनै परे अनिवार्य रुपमा मास्क प्रयोग गर्न, अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ।

बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारहरुले गरेका कामको उच्च मूल्यांकन गरेको ज्ञवालीले जानकारी दिए।

बिहीबार सातै प्रदेशका मन्त्रीहरुसँग गरिएको भर्चुअल बैठकमा प्राप्त सुझावलाई समेत ध्यानमा राखेर निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए। बैठकले संक्रमित बिरामी र अग्रमाेर्चामा खटिएका स्वास्थ्यकर्मीलाइ मनाेबल उच्च बनाउन अनुराेध गरेकाे छ।

 

प्रकाशित: Jun 19, 2020| 21:45 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।