सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिद्धार्थनगरको नीति : दशगजामा शान्तिद्वार, नगरका भवनमा बौद्ध रङ

सिद्धार्थनगरको नीति : दशगजामा शान्तिद्वार, नगरका भवनमा बौद्ध रङ

रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा दशगजामा शान्तिद्वार निर्माण गर्ने र नगरका सबै भवनमा बौद्ध रङ लगाउने योजना समेटेको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा दशगजामा शान्तिद्वार निर्माण गर्ने र नगरका सबै भवनमा बौद्ध रङ लगाउने योजना समेटेको छ ।

आजदेखि शुरु भएको सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हरिप्रसाद अधिकारीले सीमामा भव्य र आकर्षक शान्तिद्वार निर्माण गरिने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जानकारी दिए।

नीति तथा कार्यक्रममा सिद्धार्थनगरका सबै विद्यालय भवन, सरकारी भवन र व्यक्तिगत भवनको रङ बौद्ध रङ (नीलो, पहेँलो, रातो, सेतो र वैजनी) बनाउने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताइएको छ । सिद्धार्थनगरले यसअघि नगरभित्रका भवनको रङ पञ्चरङ्गी बौद्ध रङ बनाउने निर्णय गरे पनि बाध्यकारी नभएको तर नगर प्रमुखद्वारा प्रस्तुत कार्यक्रमले आगामी आर्थिक वर्षमा नगरभित्रका सबै भवनको रङ बौद्ध रङ बनाउने गरी अभियान नै चलाउने बताइएको छ ।

यसैगरी नगर प्रमुख आवास कार्यक्रम, डण्डानदी संरक्षण क्षेत्र अभियान, मेरो नगर सफा नगर अभियान सञ्चालन गर्ने, एक घर दुई बिरुवा नीति अगाडि बढाउने, प्रेस सेन्टर स्थापना गर्ने र प्रेससंँग जनप्रतिनिधि कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने, नगरभित्र दर्ता भई सञ्चालनमा आएका मिडियाको संरक्षण र प्रबद्र्धनका लागि सहयोग गर्ने जस्ता कार्यक्रम समेटिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए।

सिद्धार्थनगरसंँगै जोडिएको ओमसतिया गाउँपालिकाले भने एक वडा एक उत्पादन नीति अघि सारेको छ । गाउँपालिका अध्यक्ष हीरा केवटले आर्थिक वर्ष २०७७।०७८ का लागि प्रस्तुत गरेको नीति कार्यक्रममा कृषि परियोजनाका लागि भाडामा जग्गा लिएर कृषि गर्ने किसानलाई प्रतिकठ्ठा रु तीन पाँच सयको ५० प्रतिशतले हुन आउने रकम अनुदान दिने तथा बीउ र बिरुवामा ५० प्रतिशत अनुदान दिने गरी कृषिलाई प्राथमिकतामा राखिएको छ ।

पालिकाले सुत्केरीलाई पोषण आहार कार्यक्रमअन्तर्गत रु एक हजार भत्ता, बालिका बीमा, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा जोड, विद्यालयमा दिवा खाजालगायत कार्यक्रम समेटेको पालिकाका प्रवक्ता शिवकुमार धवलले जानकारी दिए।

प्रकाशित: Jun 19, 2020| 20:43 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।