सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना डाक्टरमा कोरोना संक्रमण, अस्पताल बन्द

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना डाक्टरमा कोरोना संक्रमण, अस्पताल बन्द

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिने भएको हो ।

त्यसका लागि अस्पताल परिसर बन्द गर्नुपर्ने भएकाले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उनले बताए।

अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने जनाइएको छ । बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ ।

सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ । अहिले प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण पनि भइरहेकाले यो सेवा भने नियमित चल्नेछ ।

प्रकाशित: Jun 19, 2020| 20:27 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।