मंगलबार, भदौ ९, २०८३

चीन र नेपालका कम्युनिष्ट नेताबीच बीआरआईबारे छलफल

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने बताएका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने बताएका छन्।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका स्कुल विभागले आयोजना गरेको भर्चुअल संवादमा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीबाट भाग लिँदै अध्यक्ष दाहालले नेपाल र चीनबीचको दुईपक्षीय आपसी सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेकाले परस्पर सम्मान, सार्वभौम समानता, एर्काका साझा चासो र संवेदनशीलताप्रतिको बुझाइमा हुर्कँदै आएको उल्लेख गर्दै असल छिमेकी र मित्रताको विशेषता आपसी सम्बन्ध र विश्वास भएको जनाए।

हङकङ र ताइवानको मुद्दामा नेपालले स्पष्टरुपमा चीनलाई समर्थन गर्ने स्पष्ट गर्दै उनले दुई देशको साझा विकास, समृद्धि र शान्ति तथा सौहार्दताका लागि मिलेर काम गर्न पार्टी तत्पर रहेको पनि जनाए। गत वर्ष नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक औपचारिक भ्रमणको स्मरण गर्दै अध्यक्ष दाहालले परिवर्तित समयमा आपसी सम्बन्धमा नयाँ आयाम दिने समय आएको उल्लेख गरे।

अध्यक्ष दाहालले दुई पार्टीबीचको परस्पर भ्रमण आदान प्रदान र अन्तक्रियालाई निरन्तरता दिइने दुईपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा संयुक्त तालीम र सहकार्य गरिने बताए। कोरोना सङ्कटको शुरुआतका कारण गत डिसेम्बरमा आफ्नो पूर्वनिर्धारित चीन भ्रमण स्थगन भएको उल्लेख गर्दै उनले कोरोनाको स्थिति साम्य भएपछि भ्रमण गरिने योजना सुनाए। कोरोनाको उपचार र रोकथाममा चीनको पहलको सराहना गर्दै अध्यक्ष दाहालले नेपाललाई यस स्थिति र अरू अवस्थामा आर्थिक सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

सो अवसरमा दुवै देशका कम्युनिष्ट पार्टीका केन्द्रीय स्कुल विभागका प्रमुख तथा नेताले विचार आदान प्रदान गरेका थिए। गत वर्ष दुई पार्टीबीच संयुक्त वैचारिक प्रशिक्षण र भ्रमण आदान प्रदानको सहमति भएको थियो ।

प्रकाशित: Jun 19, 2020| 20:25 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।