मंगलबार, भदौ ९, २०८३

आमाबुवाको स्मृतिमा ब्लड बैंकलाई सहयोग

 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

भैरहवाका दुई व्यवसायीले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा ब्लड बैंकलाई सहयोग गरेका छन् । व्यवसायी राजेश खरेल र नवराज न्यौपानेले युसिएमएस भैरहवा स्थित नेपाल रेडक्रसको ब्लड बैंकलाई आवश्यक रगत राख्ने फ्रीज र रगत संकलन गर्ने बक्स सहयोग गरेका हुन् ।

आफ्ना बुवा स्व. केशव खरेलको स्मृतिमा खरेलले र आफ्ना आमा सावित्री न्यौपाने र स्व. बुवा ओमनाथ न्यौपानेको स्मृतिमा नवराज न्यौपानेले ब्लड स्टोरेज रेफ्रिजेरेटर सहयोग गरेको नेपाल रेडक्रस सोसाइटीका उपसभापति दिपक क्षेत्री न्यौपानेले बताए ।

विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील खरेल र न्यौपानेको सामाजिक योगदानलाई स्थानीय सरकारले उच्च मूल्यांकन गरेको सो अवसरमा सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।

यस अघि पनि खरेलले स्व.बुवा को स्मृतिमा भानु माविमा १ लाख ६० हजार मूल्यबराबरको साइकल स्टयाण्ड बनाइदिएका थिए । लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रमेश घिमिरले सेवा भावले ओतप्रेत भएकाहरुलाई संगठित गर्दै लायन्स क्लब सञ्चालन भएको बताए । खरेल र न्यौपाने लायन्स क्लबमा पनि सक्रिय छन् ।

 

प्रकाशित: Jun 19, 2020| 18:28 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।