सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मरिच आयातमा लागेको प्रतिबन्ध हटाइयो (हेर्नुहोस्, सरकारका निर्णयहरु)

मरिच आयातमा लागेको प्रतिबन्ध हटाइयो (हेर्नुहोस्, सरकारका निर्णयहरु)

सरकारले मरिच आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं– सरकारले मरिचको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।

गएको चैत २४ गते अत्यावश्यक वस्तु बाहेकको आयातमा प्रतिबन्ध लगाएकोे सरकारले मरिचको आयात खुला गरेको हो।

मन्त्रिपरिषद्को २ असारमा बसेको बैठकले मरिचको आयातमा खुला गर्ने निर्णय गरेको सरकारका प्रबक्ता डा.युवराज खतिवडाले शुक्रबार जानकारी दिएका हुन्।

मरिचको आयातको लागि सम्बन्धित उद्योगले उद्योग विभागबाट सिफारिस गराई चाहिएको परिमाणको मरिच आयात गर्न पाउने छन्।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ बराबरको मरिच आयात भएको थियो भने चालु आर्थिक वर्षको १० महिनामा करिव ५ अर्ब रुपैयाँको आयात भएको छ ।

नियुक्तिहरु
सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको उपाध्यक्षमा झापाका खगेन्द्र प्रसाद अधिकारीलाई मनोनयन गरेको छ भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनाल, काभ्रपलाञ्चोकलाई नियुक्त गरेको छ।

सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्वा विकास समितिको अध्यक्षमा ताप्लेजुङका फुपु छेम्वे शेर्मा र कार्यकारी निर्देशकमा नुवाकोटका होमबहादुर दोङलाई नियुक्त गरेको छ।

त्यस्तै सरकारले सार्वजनिक सेवा प्रसार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संंघीय संसदमा पेश गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ।

यस्ता छन् २ असारमा मन्त्रिपरिषदले गरेका निर्णयहरु:

 

प्रकाशित: Jun 19, 2020| 18:10 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।