सोमबार, भदौ ८, २०८३

प्रदेश १ मा २ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शुक्रबार २ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको बुढीगंगाका एक पुरुष र झापा दमककी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

विराटनगर– प्रदेश १ मा शुक्रबार २ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको बुढीगंगाका एक पुरुष र झापा दमककी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २ जना थपिएसँगै संक्रमितको संख्या ४२२ पुगेको छ । प्रदेश १ बाट शुक्रबार १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरंगका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष २१ देखि ४० वर्ष उमेर समूहका छन् ।

डिस्चार्ज भएकाहरु जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएकाहरु रहेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए । १० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २३४ पुगेको छ ।

विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८६ जना उपचाररत छन् । कोशी कोभिड विराटनगरमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत छन् ।

 

प्रकाशित: Jun 19, 2020| 17:40 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।