सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गलत सिफारिस गरेको अभियोगमा वडाअध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

गलत सिफारिस गरेको अभियोगमा वडाअध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

घर बाटो भएको जग्गामा नभएको सिफारिस गरी राजश्व छली गरेको अभियोगमा एक वडा अध्यक्षसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- घर बाटो भएको जग्गामा नभएको सिफारिस गरी राजश्व छली गरेको अभियोगमा एक वडा अध्यक्षसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

सिराहाको मिर्चौया नगरपालिका–७ का वडाअध्यक्ष रामकुमार यादवसहित पाँच जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यादवले साविक फूलवरिया गाविस–७ का विभिन्न कित्ता नम्बरको जग्गामा घरबाटो केही नभएको भनी मालपोत कार्यालयलाई सिफारिस गर्ने सिरहालाई गलत सिफारिस गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

वडाअध्यक्षको गलत व्यहोराको सिफारिसबाट सरकारलाई प्राप्त हुने रकममा मालपोत कार्यालय, सिरहाको पारित लिखतबाट ४० हजार सात सय ७७ रुपैयाँ रजिस्ट्रेसन दस्तुर गुमेको अख्तियारले जनाएको छ।

यस्तै, जग्गा खरिदकर्ता सुरेशकुमार महतोले वडाध्यक्ष यादवसँग मिलेर गलत सिफारिस गराएको भन्दै अख्तियारले ४० हजार सात सय ७७ रुपैयाँ बिगो माग दाबी गरेको छ।

यस्तै, अर्का जग्गा बिक्रीकर्ता रामेश्वर साह, दीपनारायण साह र सत्यनारायण प्रसाद साहले पनि यादवसँगको मिलेमतोमा गलत सिफारिस गराएको भन्दै अख्तियारले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ।

प्रकाशित: Jun 19, 2020| 17:21 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।