सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्देशिका बाहिर गएर कोरोना परीक्षण नगर्नुः स्वास्थ्य मन्त्रालय

निर्देशिका बाहिर गएर कोरोना परीक्षण नगर्नुः स्वास्थ्य मन्त्रालय

निर्देशिकामा संक्रमण फैलिएको देशबाट आएको, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेको, कोरोना संक्रमितको उपचारमा ‘फ्रन्टलाइन’मा खटिएका स्वास्थ्यकर्मीलगायतलाई परीक्षण गर्नुपर्ने व्यवस्था छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकामा तोकिए बमोजिमको मात्र नमुना संकलन तथा कोरोना परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

कतिपय निकाय तथा व्यक्तिले आफूखुसी परीक्षण गर्न दबाब दिन थालेको गुनासोपछि मन्त्रालयले निर्देशिकाभन्दा बाहिर नजान निर्देशन जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जथाभावी नमुना संकलन तथा परीक्षण गर्दा स्रोत र साधनको दुरुपयोग हुने भएकाले परीक्षणमा दबाब नदिन आग्रह गरेका छन्।

निर्देशिकामा संक्रमण फैलिएको देशबाट आएको, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेको, कोरोना संक्रमितको उपचारमा ‘फ्रन्टलाइन’मा खटिएका स्वास्थ्यकर्मीलगायतलाई परीक्षण गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै, क्वारेन्टिनमा बसेका तर कुनै पनि लक्षण नदेखाएकालाई परीक्षण विनै घर पठाउने पनि निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार लक्षण नदेखाएका र १४ दिन आइसोलेसनमा बसेकालाई पनि टेस्ट आवश्यक पर्दैन।

प्रकाशित: Jun 19, 2020| 17:17 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।