सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनप्रतिनिधिलाई सेवा सुविधा दिन कर्णालीमा कानुन संशोधनको तयारी

जनप्रतिनिधिलाई सेवा सुविधा दिन कर्णालीमा कानुन संशोधनको तयारी

कर्णाली प्रदेश सरकारले कानुन संशोधन गरेर जनप्रतिनिधिलाई सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकारले कानुन संशोधन गरेर जनप्रतिनिधिलाई सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

जनप्रतिनिधिहरुलाई सेवा सुविधा उपलब्ध गराउन कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले संशोधित विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ। असार १ गते बसेको मन्त्रिपरिषद बैठकले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धि कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७७’ प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवत्ता एमव् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन।

यद्यपी उक्त विधेयक आजसम्म प्रदेश सभा सचिवालयमा दर्ता नभएको सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलब भत्ता गैरसंवैधानिक भएको फैसला गरेको थियो । त्यसैले उनीहरुलाई घुमाउरो बाटोबाट तलब भत्ता उपलब्ध गराउन कानुनमा संशोधन गर्न लागिएको हो।

प्रकाशित: Jun 19, 2020| 17:05 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।