सोमबार, भदौ ८, २०८३

क्वारेन्टिनमै किरिया

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्टले क्वारेन्टिनमा बुबाको किरिया गरिरहेका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्टले क्वारेन्टिनमा बुबाको किरिया गरिरहेका छन्।

भारतको दिल्लीबाट आएर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेको समयमा बुबाको निधन भएपछि उनले सोही स्थानमै किरिया सुरु गरेका हुन्।

क्वारेन्टिनमा किरिया बस्न बाध्य बनाइएको उनको गुनासो छ। उनले भने, “घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको थिएँ, अनुमति पाइनँ।”

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए।

लीलाधरको स्वाब सङ्कलन गरी पीसीसआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने नाथले बताए।

यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए।

रासस

प्रकाशित: Jun 19, 2020| 16:51 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।