सोमबार, भदौ ८, २०८३

क्वारेन्टिनबाट घर फर्किएकै दिन मृत्यु

बर्दियामा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएकै दिन एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- बर्दियामा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएकै दिन एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय पुरुष छन्।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज शर्माले आरडीटी नतिजा नेगेटिभ आएपछि उनलाई बिहीबार नै घर पठाएइको जानकारी दिए।

“आरडीटी नतिजा नेगेटिभ आएपछि बिहीबार दिउँसो १ बजे घर गएका थिए, राति नै ज्यान गएछ,” शर्माले भने, “राति श्वास लिन गाह्रो भएको, टाउको र पेट दुखेपछि परिवारले जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएछ।”

गत जेठ २२ गते काठमाडौंबाट घर गएका ती पुरुष गाउँकै खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा बसेका थिए।

उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको शर्माले जानकारी दिए। पीसीआर नतिजा आएपछि मात्र शव व्यवस्थापन गरिने उनले बताए।

प्रकाशित: Jun 19, 2020| 16:50 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।