सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईओएम डिनको नियुक्तिमा डा. केसीको आपत्ति, ओली–प्रचण्डविरुद्ध आन्दोलनको चेतावनी

आईओएम डिनको नियुक्तिमा डा. केसीको आपत्ति, ओली–प्रचण्डविरुद्ध आन्दोलनको चेतावनी

वरिष्ठतालाई लत्याएर डिन नियुक्ति गरिएको भन्दै चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

वरिष्ठतालाई लत्याएर डिन नियुक्ति गरिएको भन्दै चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्यायन संस्थान (आईओएम)को डिन नियुक्तिमा वरिष्ठतालाई मिचेर डिन नियुक्त गरिएको भन्दै डा. केसीले विज्ञप्ति जारी गर्दै समन्धित पक्षलाई ध्यानाकर्षण गरेका छन् ।

बुधबारमात्रै त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या शाहलाई डिन बनाउने निर्णय गरेको थियो ।

आईओएमको नियुक्ति दलीय आधारमा भएको भन्दै डा. केसीले वरिष्ठताको आधारबिना भएको नियुक्ति सच्याउन माग गरेका छन् । यदि समन्धित पक्षले नसच्याएमा ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध आन्दोलन गर्न बाध्य हुने उनले बताएका छन् ।

डा. केसीले हालको डिन तथा अब हुने नियुक्तिका कारण सिर्जना हुने कुनै पनि परिस्थितिका लागि प्रधानमन्त्री केपी ओलीको सरकार जिम्मेवार हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

 

प्रकाशित: Jun 19, 2020| 16:11 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।