सोमबार, भदौ ८, २०८३

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आज थप ९ जनामा कोरोना संक्रमण (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज थप ९ जनामा कोरोना संक्रमण (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेख, सुर्खेत र जाजरकोटमा गरी ९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

संक्रमितमध्ये दैलेखको भैरवी गाउँपालिका वडा नम्बर २ मा दुई जना, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा दुई जना, वडा नम्बर २, ६, ८ र ११ एक एक जना छन्।

यस्तै, जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ का एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

कर्णालीमा थप तीन जना उपचारपछि कोरोनामुक्त भएका छन्। महाशाखाका अनुसार सुर्खेतको मेहलकुना अस्पतालबाट एक र जिल्ला अस्पताल, कालिकोटबाट दुई जना कोरोना संक्रमणमुक्त भएका छन्।

यससँगै कर्णालीमा उपचारपछि निको हुने संक्रमितको संख्या पाँच सय आठ पुगेको छ। त्यहाँ १२ सय ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: Jun 19, 2020| 15:54 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।