सोमबार, भदौ ८, २०८३

भारतले रोक्यो नेपाली सामान बोकेका ट्रक

भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुमा रोक लगाएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं– भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुमा रोक लगाएको छ।

भन्सार विभागका अनुसार हाल भारत निर्यातका लागि कृषिजन्य सामग्री बोकेका २५ वटा ट्रक नेपाल–भारतको सीमामा रोकिएका छन्। ट्रकमा चिया, अलैंची अदुवा, तरकारीलगायतका कृषि सामग्री छन्।

त्यस्तै बंगालादेशमा निर्यात हुने अम्रिसो, मसुरोको दाललगायतका सामग्री बोकेका ट्रक पनि रोकिएका छन्।

भारतको उत्तर पूर्वमा बर्खायाममा बिक्री हुने जस्तापाता र हस्तकलाका सामग्री पनि निर्यात हुन नपाएको मेची भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिए।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार नेपालले यस विषयमा भारतको केन्द्रीय सरकारसँग कुरा गरे पनि पश्चिम बंगाल सरकारले केन्द्रीय सरकारको निर्देशन मानेको छैन।

विश्वकर्माले भने “भारतमा लकडाउन खुलेसँगै नेपालबाट निर्यातका लागि सहज हुने सोचेका थियौं, तर, अहिलेसम्म भारत प्रवेशमा रोक लगाइएको छ।”

विश्वकर्माका अनुसार नेपाली सामग्री बोकेका ट्रक रोकिएकोबारे लिखित जानकारी नआए पनि कोरोनाको डरका कारण भनिएको छ।

उनका अनुसार २६ वैशाखदेखि भारतबाट आयात भने निर्वाध रुपमा भइरहेको छ।

२६ चैतदेखि एक महिनासम्म कोरोना संक्रमण हुने डरले काँकडभिट्टा नाकामा आयात–निर्यात ठप्प थियो।

प्रकाशित: Jun 19, 2020| 13:36 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्