सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्नु छ : अर्थमन्त्री खतिवडा

अर्थतन्त्र गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्नु छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्ने र प्रोत्साहन गरिने बताएका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्ने र प्रोत्साहन गरिने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक, २०७७ माथिको छलफलका क्रममा मन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको अनुभवका आधारमा अबका दिनमा अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले भने, “श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ। अहिले पनि आयातमा क्रमिक सुधार हुँदै छ।”

निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्ने तयारी गरेको खतिवडाको भनाइ छ।

प्रकाशित: Jun 19, 2020| 12:56 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्