सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आरडीटी पोजेटिभ आएका एक जनाको होम क्वारेन्टिनमा मृत्यु

आरडीटी पोजेटिभ आएका एक जनाको होम क्वारेन्टिनमा मृत्यु

आरडीटी पोजेटिभ आएर होम क्वारेन्टिनमै बसेका एक पुरुषको गुल्मीमा मृत्यु भएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

आरडीटी पोजेटिभ आएर होम क्वारेन्टिनमै बसेका एक पुरुषको गुल्मीमा मृत्यु भएको छ।

छत्रकोट गाउँपालिकाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए।

प्यारालाइसिसको समस्या रहेका उनको क्वारेन्टिनमा छुट्टै व्यवस्थापन गरिएको थियो । उनी जेठ २५ गते भारतबाट आएका थिए। उनको असार ४ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको पौडेलले जानकारी दिए।

मृत्यु भएका पुरूषको आरडीटी पोजेटिभ आएकाले नेपाली सेनाले शव व्यवस्थापन गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

छत्रकोट गाउँपालिकामा बिहीबार २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Jun 19, 2020| 12:14 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।