सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

पोखरा- गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जा तथा पूर्वी नवलपरासीका दुई-दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबै सम्बन्धित गाउँपालिका/नगरपालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

शुक्रबार बिहान थपिएका २४ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । बिहीबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: Jun 19, 2020| 07:11 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।