मंगलबार, साउन १२, २०८३

कोरोनाबाट ब्राजिलमा ५० हजारको मृत्यु, १० लाख संक्रमित

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसको फैलावट र मृत्यु तीव्र रुपमा बढिरहेको छ। त्यहाँ कोरोना संक्रमणबाट करिब ५० हजारको ज्यान गइसकेको छ भने १० लाख संक्रमित भइसकेका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसको फैलावट र मृत्यु तीव्र रुपमा बढिरहेको छ। त्यहाँ कोरोना संक्रमणबाट करिब ५० हजारको ज्यान गइसकेको छ भने १० लाख संक्रमित भइसकेका छन्।

पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १२ सय जनाले कोरोनाका कारण ज्यान गुमाए भने २३ हजार संक्रमित थपिएका छन् ।

ब्राजिल विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने र यसका कारण ज्यान गुमाउने देशको सूचीमा अमेरिकापछि दोस्रो नम्बरमा छ ।

आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुुसार कोरोना संक्रमितको संख्या विश्वमा ८२ लाख ४३ हजार पुगेको छ। सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ र त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।

कोरोनाका कारण हालसम्म ४ लाख ४५ हजार ५३५ जनाको मृत्यु भइसकेको छ। चीनको वुहानबाट गत डिसेम्बर अन्तिममा सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको छ।

प्रकाशित: Jun 19, 2020| 06:54 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।