सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या ८४ लाख ६१ हजार नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

कोरोना संक्रमितको संख्या ८४ लाख ६१ हजार नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

शुक्रबार बिहानसम्ममा ८४ लाख ६१ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । ४ लाख ५३ हजार २ सय १६ जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो एक महिना यता झनै तिब्र गतिमा फैलिएको छ ।

हरेक दिन १ लाख ४० हजारभन्दा बढि संक्रमित थपिदैँ आएका छन् भने ५ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा अर्थात बिहीबारमात्रै १ लाख ४० हजार ४ सय १० जना संक्रमित भएका छन् भने ५ हजार १ सय २६ जनाको मृत्यु भएको छ ।

बुधबार १ लाख ४६ हजार १ सय ११ जना संक्रमित भएका थिए भने ५ हजार २ सय ६४ जनाको मृत्यु भएको थियो । मंगलबार १ लाख ४३ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको थियो ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट शुक्रबार बिहानसम्ममा ८४ लाख ६१ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । ४ लाख ५३ हजार २ सय १६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढि संक्रमित र मृतक अमेरिकामा छन् । जहाँ २१ लाख ८८ हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख १८ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२ जना संक्रमित भएका छन् भने ४७ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख ६० हजार ३ सय २१ जना संक्रमित भएका छन् भने ७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ३ लाख ६६ हजार ९ सय ४६ संक्रमण पुष्टि हुँदा १२ हजार २ सय ३७ जनाको मृत्यु भएको । बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ भने ४२ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४५ हजार २ सय ६८ जना संक्रमित भएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख ३८ हजार १ सय ५९ जना संक्रमित हुँदा ३४ हजार ५ सय १४ जनाको मृत्यु भएको छ ।

नेपालमा भने शुक्रबार बिहानसम्ममा ७ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 19, 2020| 06:48 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।