सोमबार, भदौ ८, २०८३

मुग्लिन-नारायणगढ सडकमा १५ किलोमिटर लामो जाम

मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन ।

राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ । छिटो जाने हतारोमा उनीहरुले लापरवाही गरिरहेका अन्य चालकहरु नै आरोप लगाउँछन् । चालकले दोहोरो लाइन पछि पनि ओभरटेक गर्दा गाडी पास हुन सकेको छैन । अन्य क्षेत्रमा सडक चौडा पारिएकाले तेहोरो लाइनमा पनि सवारी गन्तव्यमा गएका देखिए पनि यहाँको कालीखोला पुल, जलविरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्छ ।

ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको एक जना चालक कृष्ण परियारले बताए। जसका कारण यहाँ दुई दिनदेखि अड्किएर बसेका यात्रु ठूलो मारमा छन् । बिहीबार अपराह्न रासस संवाददाताले स्थलगत अवलोकन गर्दा कतिपय ट्रकका चालक सिट मै निदाएका भेटिएका थिए । कतिपय गाडी छाडेर गएकाले पनि गाडी जाम बढिरहेको छ । सवारीको बाक्लो चाप भए पनि त्यसको व्यवस्थापनमा भने प्रहरीको उपस्थिति न्यून छ ।

प्रहरीको उपस्थिति कमजोर हुँदा चालकको लापरवाही बढेको पाइन्थ्यो । ठूलो जामको मारमा यात्रुहरु छन् । फाट्टफुट्ट एक दुई जना प्रहरीले १५ किलोमिटर भन्दा बढी लामो जाम व्यवस्थापन गर्नु परिरहेको दृश्य देखिएको थियो । जाम मुग्लिनदेखि घुमाउने भन्दा यतासम्मै छ ।

सार्वजनिक सवारी नहुँदा समेत जाममा ट्रक र निजी गाडी फसेका छन् । बुधबार विहान ९ बजे मानवसेवा आश्रमको एक टोली लमजुङबाट हिँडेको थियो । तर बिहीबार अपराह्न टोली चार किलो मै अड्किएको थियो । बाटोमा भेटिएका उनीहरु पसिनाले निथ्रुक्क भिजेको अवस्थामा थिए । सिमसिम पानी अनि चर्को घाम, घाम ओइलाउँदा हप्प गर्मीले यात्रुहरु आलसतालस देखिएका थिए । खलखली पसिना बगाएर बाटो खुल्ने प्रतीक्षामा थिए उनीहरु । आश्रमका प्रदेश संयोजक सुशिला केसीको नेतृत्वमा रहेको टोली मात्रै होइन धेरै गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् ।

निजी सवारी र ट्रक मात्रै भएकाले यात्रुको चाप कम देखिए पनि १५ किलोमिटर बढी लामो जाममा फसेका यात्रुहरु यहाँ हजारौँ छन् । बीच बाटोमा लकडाउनका कारण दोकानसमेत राम्ररी सञ्चालन भएको छैन । गाडीको जामका कारण फर्कनेसक्ने अवस्थासमेत नरहेको एक जना चालकले गुनासो गरे।

मुख्यगरी चार किलो र जलविरे क्षेत्रमा पहिरोका कारण सवारी एकतर्फी छ । सोही कारण अहिले मुग्लिनदेखि घुमाउनेसम्म दोहोरो गाडीको जाम थियो । मुलिनबाट काठमाडौँतर्फ पनि दुई किलोमिटसम्म जाम थियोे । यता नारायणगढतर्फ घुमाउनेसम्म गाडी जाम भएपछि प्रहरीले दासढुङ्गामा नै गाडी रोकेर व्यवस्थापन शुरु गरेको छ । दासढुङ्गामा समेत गाडीको लामो लाइन भइसकेको थियो ।

नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । केही वर्षअघि यहाँ सडक चौडा पार्ने काम भएको थियो त्यो बेला यहाँको भित्तो काटिएपछि अचाक्ली पहिरो खस्न थालेको थियो । जसका कारण यहाँ प्रहरीको गाडी नै बगाएको थियो भने अन्य सवारीसमेत पहिरो खसेर पुरेको थियो । पहिरो कै कारण प्रहरीसहित दर्जनौँको ज्यान गइसकेको छ ।


पहिरो रोक्न नारायणगढ मुग्लिन सडक आयोजनाले यहाँ रक नेटिङको नयाँ अवधारणा शुरु गरेको थियो । धेरै स्थानमा यसले काम गरेको पनि छ । तर अहिले चारकिलोको पहिरोले भने रक नेटिङलाई नै बगाएर गएको छ । गएको हिउँदमा यहाँ उक्त प्रविधि प्रयोग गरिएको थियो । तर त्यसले काम गरेको छैन । भित्रैबाट पहाड नै खसेपछि उक्त प्रविधिले काम नगर्ने विज्ञको भनाइ छ ।

रासस

प्रकाशित: Jun 19, 2020| 06:30 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।