सोमबार, भदौ ८, २०८३

एमसीसीलाई अरुण तेस्रोजस्तै बनाउन खोजिँदै छ : निधि

नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकाले यसबारे कांग्रेसका सांसद र सिङ्गो पार्टी पङ्क्ति स्पष्ट हुनुपर्ने विचार व्यक्त गरेका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकाले यसबारे कांग्रेसका सांसद र सिङ्गो पार्टी पङ्क्ति स्पष्ट हुनुपर्ने विचार व्यक्त गरेका छन्।

प्रतिष्ठानले एमसीसीका विषयमा पार्टीका सङ्घीय सांसदहरुसँग जुममार्फत गरेको छलफल कार्यक्रममा उनले एमसीसीको बहस गर्दा २०४८ सालपछि अरुण तेस्रो जलविद्युत आयोजनाका विषयमा अनेक आपत्तिजनक होहल्ला र विरोध गर्नेहरुले नै दुई दशकपछि कुनै भारतीय कम्पनीलाई सो आयोजना जिम्मा दिएको तथ्यलाई भुल्नु नहुने बताए।

नेता निधिले त्यसबेला ‘अरुण तेस्रो’ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने बताए। अहिले एमसीसीलाई पनि त्यस समयको ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिएको हुनाले यसमा कांग्रेस गम्भीर रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री एवम् कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रको विकास र हित प्रबद्र्धनका लागि तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सबल बनाउन उक्त सम्झौता भएको बताउँदै सम्झौतामा कुनै पनि हालतमा राष्ट्रको स्वाभिमानमा आँच आउने काम नभएको स्पष्ट पारे।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नेपाली जनताको हितमा गरिएका विषयहरुलाई जनतासामु स्पष्ट गर्दै पार्टी अघि बढ्नुपर्ने विचार व्यक्त गरे। पार्टीका सचेतक पुष्पा भुसालले नेपालको आवश्यकता र स्वार्थअनुरुप भएका विषयहरुमा बखेडा खडा गरी राजनीति गर्नेहरुबाट नै मुलुकको अहित भइरहेको धारणा व्यक्त गरिन्।

कार्यक्रममा एमसीसीका विषयमा योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा गोविन्द पोख्रेल र डा स्वर्णिम वाग्लेले सम्झौताको समग्र पक्षको चिरफार गरेका थिए। केन्द्रीय सदस्य, सांसद, प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको विषय सन्दर्भबारे प्रतिष्ठानका सदस्य राजु नेपालले सहजीकरण र नानुमैयाँ बाँस्तोलाले संयोजन गरेका थिए।

प्रकाशित: Jun 19, 2020| 06:18 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।