सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनियमितताको आरोपपछि सेनाले बल्ल सार्वजनिक गर्‍याे खरिपाटी क्वारेन्टिनको खर्च विवरण

अनियमितताको आरोपपछि सेनाले बल्ल सार्वजनिक गर्‍याे खरिपाटी क्वारेन्टिनको खर्च विवरण

चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राख्दा लागेको खर्च विवरण चार महिनापछि सार्वजनिक भएको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राख्दा लागेको खर्च विवरण चार महिनापछि सार्वजनिक भएको छ ।

अनियमितताको आरोप लागेपछि बल्ल सेनाले खर्च विवरण सार्वजनिक गरेको हो । उसले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टिनमा सम्पूर्ण प्रवन्ध मिलाई १७ दिन राखिएको थियो । उक्त क्वारेन्टिनका लागि विनियोजित रु एक करोड २९ लाखमध्ये रु सात लाख २८ हजार रकम मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

उक्त क्वारेन्टिनका लागि खरिद गरिएको मध्ये रु तीन लाख उन्नाइस हजार मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ ।

उक्त क्वारेन्टिनमा रहनेलाई खानाका लागि रु ५५ लाख एक हजार, औषधिमा रु तीन लाख ३३ हजार र औषधिजन्य सामग्री खरिदमा रु ६३ लाख ३७ हजार रकम खर्च भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सामग्रीहरुमध्ये रु २३ लाख ३० हजार बराबरको औषधिजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको जानकारी दिइएको छ ।

क्वारेन्टिनमा रहने १७५ विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ कर्मचारी, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ (नौ) गरी २०२ जनालाई स्तरीय प्याकिङ्गसहितको स्वस्थ्यकर खाना खुवाइएको बताइएको छ ।

क्वारेन्टाइनमा शाकाहारी र मासाहारी दुवै किसिमका लागि छाक खाना र खाजाको व्यवस्था गरिएको स्मरण गराउँदै सेनाले त्यसका लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु एक हजार ३५० मा सम्झौता भएको जानकारी दिएको छ ।

क्वारेन्टिनको सुरक्षामा खट्टिएका ३० सुरक्षाकर्मीलाई नास्ता, चिया र पानीको व्यवस्था पनि उक्त रकमबाट भएको सेनाले स्पष्ट गरेको छ ।

प्रकाशित: Jun 19, 2020| 06:09 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।