सोमबार, भदौ ८, २०८३

प्रधानमन्त्री ओलीप्रति बामदेवका अनगिन्ती असहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा नरहेको स्पष्ट पारेका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा नरहेको स्पष्ट पारेका छन्।

उपाध्यक्ष गौतमले आफ्नो सचिवालयमार्फत् प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि अनगिन्ती असहमति रहेको बताएका छन्।

'केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन्। समयक्रममा ती बाहिर आउनेछन्। बामदेव यही कित्तामा अडिग हुनुहुन्छ। एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ सचिवालयका तर्फबाट गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदैछ, बामदेवलाई पनि त्यहीँ भेटिँदै छ।’

गौतम अझै केही समय सार्वजनिक प्रतिक्रियामा नआउने पनि प्रेस नोटमार्फत् प्रस्ट्याइएको छ।

सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा आफूलाई चित्रित गर्ने क्रम बन्द गर्न समेत गौतमले आग्रह गरेका छन्।

पछिल्लो समय बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र उपाध्यक्ष गौतमबीच मनमुटाव भएको बताइएको छ। गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउने भनेर ओलीले झुटो आश्वासन देखाएकोमा आपत्ति जनाउँदै आएका थिए।

प्रकाशित: Jun 18, 2020| 21:02 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।