सोमबार, भदौ ८, २०८३

प्रदेश २ मा ६६ जना कोरोना संक्रमित थपिए

प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

६६ जना नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७८१ पुगेको छ ।

विहिबार धनुषामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लाको नगराईन नगरपालिकास्थित क्वारेन्टिनका २८ र मुखियापट्टी मुसहरनिया गाउँपालिका क्वारेन्टिनका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी रौतहटको ३४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको ईशनाथ र राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहेका मानिसहरुमा संक्रमण पुष्टि भएको हो ।

महोत्तरीको सम्सी गाउँपालिकाका १ र सर्लाहीका विष्णुपुर क्वारेन्टिनका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १३२ जनासहित हालसम्म ६८३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रदेशको ८ जिल्ला गरी ३५ हजार ३३१ जनाको स्वाब संकलन भएकोमा ७ हजार १६० जनाको पीसीआर नतिजा आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Jun 18, 2020| 18:45 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।