सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि

बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि

बाजुरामा क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- बाजुरामा क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको बडिमालिका नगरपालिका-२ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयमा जेठ ३० गते आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो।

आत्महत्या गरेका बडिमालिका नगरपालिका-२ माझिगाउँका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।

जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ति पुरुषले झुन्डिएर आत्महत्या गरेका थिए।

लामो समयदेखि भारतमा बस्दै आएका र उनीसँगै पत्नी र चार छोराछोरी नेपाल आएका थिए।

यसअघि अर्घाखाँची र सुर्खेतमा आत्महत्या गर्ने दुई जनामा पनि कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Jun 18, 2020| 18:29 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।