काठमाडौं- सडक निर्माणको विषयलाई लिएर बैतडीको पाटन नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्।
वडा नम्बर ४ मा रहेको रौलेश्वर सडक निर्माणमा बढेको विवादका कारण नगरपालिकामा तालाबन्दी गरिएको हो।
प्रदेश सरकारको ३८ लाख बजेटमा निर्माण हुन लागेको सडक निर्माणको विषयमा विवाद हुँदा नगरपालिकामा तालाबन्दी गरिएको हो।
५ मिटरको दूरी कायम राखेर सडक निर्माण गर्न लाग्दा विवाद उत्पन्न भएको स्थानीय बसन्त बिष्टले जानकारी दिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महराले आफ्नो घरमा सडक पुर्याउने उद्देश्यले सडक निर्माण गरेकोले तत्काल सडक निर्माणको काम रोक्न दवाव दिँदै स्थानीयवासिन्दाले नगरपालिका घेराउ गर्दै तालाबन्दी गरेको बताइएको छ।