सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामबहादुर बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, तर भेटिएनन् बम्जन

रामबहादुर बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, तर भेटिएनन् बम्जन

प्रहरीले लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा बिहीबार छापा मारेको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

प्रहरीले लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा बिहीबार छापा मारेको छ।

प्रहरीले उनको आश्रममा छापा मारेको यो तेस्रो पटक हो। तर, प्रहरीले उनलाई यस पटक पनि पक्राउ गर्न सकेन।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिन्धुली आश्रममा छापा मारेको हो ।

प्रहरीले बम्जनको आश्रममा ८ घण्टा सर्च अप्रेसन चलाएको थियो। एसपी रञ्जु सिग्देलले बम्जन आश्रममा रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको बताइन् ।

प्रहरीले उनी जंगलतर्फ भागेको आशंका गरेको छ। बारामा तपस्या गरेर चर्चा कमाएका उनले देशका विभिन्न ठाउँमा आश्रम सञ्चालन गरिरहेका छन्।

उनको आश्रममा तपस्या गर्न पुगेकाहरु आश्रमबाटै हराएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

बम्जनको आश्रमबाट तीन आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालैमात्र सार्वजनिक भएको थियो। अदालतले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ।

 

प्रकाशित: Jun 18, 2020| 17:56 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।