सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै दिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ७८४८ पुगे

एकै दिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ७८४८ पुगे

पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार एकै दिन थपिएकाे संख्या अहिलेसम्मकै उच्च हाे।

बुधबार एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालका ७४ वटा जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ।

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ। अहिलेसम्म १ हजार १८६ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म रसुवा, ओखलढुंगा र मुस्ताङमा मात्रै कोरोना संक्रमित भेटिएका छैनन्।

नेपालमा साढे १ लाख भन्दा बढी मानिसमा पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

नेपालमा आज देखिएका संक्रमित मध्ये अर्घखाँचीका ९७ जना, डडेलधुराका ८४ जना, दैलेखमा ८७ जना, अछामका ४४ जना, बाजुराका ४१ जना, कैलालीका ४२ जना, रौतहट ३४ जना, सुर्खेतमा ३४ जना, नवलपरासी पुर्वका ३१ जना, धनुषाका २९ जना, बैतडीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कपिलवस्तु १६ जना, तनहुँका १५ जना, रुपन्देहीका १२ जना, गोर्खाका ११ जना, स्याङ्जाका ११ जना, पर्वतका ९ जना, पाल्पाका ६ जना, डोटीका ५ जना, दाङका ४ जना, गुल्मीका /बर्दियाका/बाँकेका र भक्तपुरका ३/३ जना, काठमाडौं/नुवाकोट/सर्लाही/बझाङ/कञ्चनपुरका २/२ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै मोरङ /सिन्धुपाल्चोक/ललितपुर/ नवलपरासी/महोत्तरी/सिन्धुली/चितवनका/बाग्लङका/मनाङका र रोल्पाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: Jun 18, 2020| 16:25 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।