सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, दैलेखको एउटै वडामा ५२ जना

कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, दैलेखको एउटै वडामा ५२ जना

कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये सुर्खेतका ३४ जना र दैलेखका ८६ जना छन्। जसमध्ये दैलेखको महावु गाउँपालिकाको वडा नं. २ मा मात्रै ५२ जना संक्रमित पुष्टि भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। महावुकै वडा नं. ३ मा ८ जना, वडा न. ४ र ५ मा ४-४ जना, वडा नं. ६ मा ८ जना छन्।

त्यस्तै भैरवी गाउँपालिका वडा नं. १, दुल्लु नगरपालिका वडा नं. ३ र ५ मा एक–एक जना, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ २ जना, गुराँस गाउँपालिका वडा नं. १ मा ४ जना र वडा नं. ५ मा १ जना छन्।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ६ मा २ जना, वीरेन्द्रनगर वडा नं. १ मा ३ जना, वडा नं. ९, १० र ११ मा १-१ जना, चौकुने गाउँपालिका वडा नं. १ र ४ मा १–१ जना, चिङ्गाड गाउँपालिका वडा नं. ३ मा २ जना, वडा नं ४ मा ६ जना, गुर्भाकोट नगरपालिका वडा नं. १३ मा ५ जना, पञ्चपुरी नगरपालिका वडा नं. १, ७ र ८ मा १–१ जना, वडा नं. ५ मा २ जना, वडा नं. ६ मा ३ जना र वडा नं. ९ मा ३ जना छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ।
त्यस्तै आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, दैलेखको महावु आइसोलेसनबाट १ जना, सुर्खेतको सालकोट आइसोलेसनबाट ३ जना र सिम्ता आइसोलेसन सेन्टरबाट १ जना गरी कुल ११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म ५ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Jun 18, 2020| 16:20 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।