सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदाको न्यायिक छानविन गर्न कांग्रेसको माग

प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदाको न्यायिक छानविन गर्न कांग्रेसको माग

 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

नेपाली कांग्रेसले प्रहरी हिरासतमा मृत भेटिएका धनुषाका शम्भु सदा (मुसहर) को बारेमा न्यायिक छानविनको माग गरेको छ।

सवैला नगरपालिका–१२ रघुनाथपुर वर्कुवाका सदाको प्रहरी हिरासतभित्रै मृत्यु भएको घटना शंकास्पद भन्दै कांग्रेसले न्यायिक छानविनको माग गरेको हो।

बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले घटनाको न्यायिक छानविन गरी सत्य तथ्यका आधारमा दोषीलाई कारवाही गर्न माग गरेको छ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ।

सवैलास्थित ईलाका प्रहरी कार्यालयकै हिरासतमा सदा जेठ २८ गते झुण्डिएको अवस्थामा भेटिएका थिए।

यस्तै भारतबाट रोजगारी गरी फर्किने क्रममा भोकले गर्दा सीमानामै ज्यान गुमाएका धनुषा शहिद नगरपालिका–८ गोठकोइलपुरका वीरेन्द्र यादवको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न काँग्रेसले माग गरेको छ।

प्रकाशित: Jun 18, 2020| 15:54 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।