सोमबार, भदौ ८, २०८३

डडेल्धुरामा एकै दिन थपिए ८३ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा बिहीबार एकैपटक ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा बिहीबार एकैपटक ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंको टेकु प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको गन्यापधुराका ४० जना, अजयमेरुका ४ जना र परशुराम नगरपालिका २२ जनामा कोरोना पुष्टि भएको हो।
१७ जना कुन स्थानीय तहका हुन् भने स्पष्ट नभएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड– १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए।

गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार वडा नम्बर– १ मा १ जना, २ मा २१ जना, ३ मा २ जना ४ मा १५ जना ५ मा १ जना संक्रमति भएका हुन्।

उनीहरु सबैको जेठ १९ गतेदेखि २९ गतेसम्म स्वाब संकलन गरिएको थियो। संक्रमित ४० जना होम क्वारेन्टाइनमा रहेको गन्याधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।

अजयमेरु गाउँपालिका– २ का ३ जना, र ११ जना रहेको अजयमेरु स्वास्थ्य शाखाले जनाएको छ। उनीहरुमध्ये ३ जना सहस्रलिंग मावि र १ जना बाल कल्याण माविको क्वारेन्टाइनमा छन्। २२ जना परशुरामका भए पनि वडा नम्बर स्पष्ट छैन।

योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या १२२ पुगेको छ।

प्रकाशित: Jun 18, 2020| 15:45 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।