सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाकै कारण निधन हुने बढीमा तीन जना : प्रधानमन्त्री

कोरोनाकै कारण निधन हुने बढीमा तीन जना : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाकै कारण बढीमा तीन जनाको मृत्यु भएको हुनसक्ने बताएका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाकै कारण बढीमा तीन जनाको मृत्यु भएको हुनसक्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म कोरोनाबाट २० जनाको मृत्यु भएको तथ्यांक जारी गरे पनि प्रधानमन्त्रीलाई बाँकी १७ जनाको  मृत्युको कारण भने अरु नै हो भन्ने लाग्छ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीले भने, '२० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन। एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।'

कोरोना संक्रमितको अरु जुनसुकै कारणले मृत्यु भए पनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको प्रधानमन्त्रीको दाबी छ।

प्रधानमन्त्रीले भने, 'हाम्रो उपचार विधि र प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।' उनले दक्षिण एसियामा नेपाल कोरोना संक्रमण र मृत्युमा भुटानभन्दा मात्रै पछि रहेको बताए।

हिमालयको चिसो पानी र जडिबुटी पर्याप्त खाएका कारण नेपालीहरुको रोग प्रतिरोधी क्षमता राम्रो भएको प्रधानमन्त्री ओलीले बारम्बार बताउने गरेका छन्।

प्रकाशित: Jun 18, 2020| 15:30 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।